पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ जना कोरोना संक्रमित
काठमाडौँ-नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४४ जनामा कोरोना संक्रण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मुलुकका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण देखिएको बताउनुभएको हो ।
सोमबार संक्रमित हुनेहरु झापामा ४ जना, मोरङमा १ जना, सुनसरीमा १, सप्तरीमा १ जना, धनुषामा ११ जना, महोत्तरीमा ४ जना, धनुषामा १६ जना रहेकाछन् । यता काठमाडौँमा ३, भक्तपुरमा १ र ललितपुरमा ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, कपिलस्तुमा ८ जना, काभ्रेपलान्चोकमा १ जना, म्याग्दीमा १ जना, दोलखामा १ जना, मकवानपुरमा १ जना, रौटहटमा ९ जना, सिन्धुलीमा १ जना, कोरोना भेटिएको छ ।
त्यस्तै बाग्लुङमा २, म्याग्दीमा १, पर्वतमा १, स्याङजामा १, तनहुँमा २ जनामा संक्रमाण भेटिएको छ भने कपिलस्तुमा १ जना, बर्दियामा २ जना, दाङमा २ जना, रुकुम पश्चिममा २ जना, बाँकेमा १ जना, दैलेखमा २ जना, जाजरकोटमा १ जना, सुर्खेतमा ४१ जना, बझाङमा २ जना, बैतडीमा २ जना, अछाममा १ जना र कैलाली १ जनामा कोरोना भेटिएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE