Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

मनाङमा बाढीले ६० घर डुबान, प्रभावित क्षेत्रमा खटिन मुख्यमन्त्रीको निर्देशन

१ असार, काठमाडौँ – सोमबार साझदेखिको लगातारको वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको पानीको बहावले मनाङमा ६० घर डुबानमा परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँ डुबानमा परेको हो।

प्रजिअ लामिछानेका अनुसार जिल्लामा अन्य स्थानको क्षति विवरण प्राप्त भइसकेको छैन। लगातार परिरहेको वर्षाका कारण स्थानीयको उद्धारमा समस्या भएको छ । बाढीले थप क्षति गर्न सक्ने प्रजिअ लामिछानेको भनाइ रहेको छ ।

प्रभावित क्षेत्रमा खटिन मुख्यमन्त्री पोखरेलको निर्देशन

यसैबिच प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी गएको स्थानमा तत्काल उद्धार र राहतकालागि खटिन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

उद्धार तथा राहतमा अपुग भएका सामग्री प्रदेश सरकारले उपलब्ध गराउने उहाँले  प्रतिबद्धता गर्नुभएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE