Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

काठमाडौंमा भोलिबाट निःशुल्क पीसीआर परीक्षण गरिने

६ मंसिर
काठमाडौं –
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क कोरोना परीक्षणको तयारी भएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले आईतबारबाटै निःशुल्क पीसीआर परीक्षण थालिने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने हेतुले भोलिबाट निस्शुल्क पीसीआर परीक्षण सुरु गर्न लागेको उहाँको भनाइ छ ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको लागि मोबाइल भ्यान सञ्चालन गरेर स्वाब संकलन गर्न गरिने बताउनु भयो । महानगरको यो कार्यले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा न्यून ल्याउन सघाउ पुग्ने आशा रहेको बताउनु भएको छ ।

उहाँले कोरोना महामारीको यो चक्र तोड्न भनाई कडा कदम चाल्नु पर्ने बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE