Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

४ दिन देखि बेपत्ता दम्पतीको विषयमा के गर्दै छन प्रहरी ?

१४फागुन
काठमाडौं –
चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा सुतिरहेका अवस्थाबाट बुढाबुढी बेपत्ता हुनु र उनीहरूको ओछ्यान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मङ्गलवार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ ।

प्रहरीले गाउँको चारतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।

एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाको आशङ्का रहेको छ ।

उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE