संयोग कि प्रि प्लान, सापकोटाकोलाई सभामुख, महरालाई सफाइ, तुम्बाहाङ्फेलाई मन्त्रालय
काठमाडौँ-सफाइ पाएपछि महरा झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी जेलको बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमा नै मन्त्रीनिवास सर्नेछिन् । गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे सातौँ वरीयतामा थिइन् ।
सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिए । उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे र पछि अदालतले महरालाई पुर्पक्षका लागि थुनामै पठायो। यता रिक्त सभामुख पदमा कसलाई नियुक्त गर्ने सम्बन्धमा सत्तारुढ नेकपाको नेतृत्वभित्र निकै लामो रस्साकस्सी भयो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसै विषयमा शक्ति संघर्ष नै सुरु भयो।
अन्ततः प्रचण्डनिकट अग्निप्रसाद सापकोटा सभामुख बने । त्यसको लगतै महारालाई सफाई दिएको हाे । तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले आफू पनि सभामुखको पहिलो दावेदार भनी प्रस्तुत गर्दै सो दौडमा प्रवेश गरेपछि सभामुख कसलाई बनाउने भन्ने विवादलाई उनले थप पेचिलो बनाएकी थिइन् । सभामुख पदका लागि प्रतिस्पर्धीहरु मध्येबाट एक जना उमेदवार छान्न दुई अध्यक्षलाई जति जटिल बनेको थियो, त्यत्तिकै गाह्रो भएको थियो तुम्बाहाङ्फेलाई मनाउन।
उनले उपसभामुख पदबाट राजीनामा नदिएसम्म नेकपाले सभामुख पदमा उमेदवारी दिन पाउँदैनथ्यो। उनले केही दिन राजीनामा नै नदिने अड्डी कसिन् । त्यसैबीच, दुई अध्यक्षसँग विशेष भेट गरेपछि मात्र उनले माघ ६ गते राजीनामा दिइन् र सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्यो। सापकोटा निर्विरोध सभामुख चुनिए । प्रधानमन्त्री ओलीले उनै तुम्बाहाङ्फेलाई सोमबार कानुनमन्त्री बनाएका छन् भने आजैका दिन उता काठमाडौं जिल्ला अदालतले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयास आरोपमा सफाइ दिएको छ। सफाइ पाएपछि महराको झण्डै चार महिना लामो जेल बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमै मन्त्रीनिवास सर्ने्छिन्।
तपाईलाई के लाग्छ याे संयोग हो की योजना, हामिलाई कमेन्ट गर्नुहेस्
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE