Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उच्च अदालतको गेटै अगाडि इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार

१० आश्विन, विराटनगर – काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ । उहाँमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन । कार्कीलाइ आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिनुभयो। ‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं।’ यस विषयमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE