राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्ने नेविसंघ नेता पक्राउ
९ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्ने नेविसंघका नेता पक्राउ परेका छन् । संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका हुन् ।

मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिपाठीले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE