Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

निर्वाचनका लागि सबै दल मिलेर संयुक्त सरकार बनाऔंः प्रधानमन्त्री ओली

निर्वाचनका लागि सबै दल मिलेर संयुक्त सरकार बनाऔंः प्रधानमन्त्री ओली

१४ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

देशवासीका नामाम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर आफूले निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न बताउँदै निर्वाचनबाट आउने जनादेशलाई अस्वीकार नगर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा बचाउन आफूले सबै कदम चालेको तर जेनतेन पाँच वर्ष पुरा गरेकाले निर्वाचनमा जाँदा केही फरक नपर्ने उहाँको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE