Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भूमि आयोग विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२५ साउन, काठमाडौं – भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध दायर भएको रिटको सोमबार पेशी तोकिएको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएका हो ।

ज्ञवालीको रिटका साथै अधिवक्ता प्रवेश केसी लगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुन लागेको हो । दायर रिटमा आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट विघटन बदर गर्न माग गरिएको छ ।

अधिवक्ता केसीले शक्रबार रिट निवेदन दिएका थिए भने ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE