Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कुलमानको ठाउँमा पनि एमसीसी ?

२१ असोज
काठमाडौँ
– प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्न खोजेको आभाष मिलेको छ । प्रशारण लाइन बिज्ञ शाक्यले बिध्युत प्राधिकरणको जागिर छाडेर दुई वर्ष जति एमसिसी परियोजनाको नेपाल कार्यालयमा काम गरेका थिए ।

कुलमान घिसिङ्ग कार्यकारी निर्देशक बनेपछि शाक्यलाई प्राधिकरण र एमसीसीमध्ये एउटा रोज्न लगाइएको थियो । त्यसपछि उनले एमसीसीको जागिर हापेर पुनः प्राधिकरणको जागिरलाई निरन्तरता दिएका हुन् । हुनतः एमसीसी परियोजनामा उनी प्राधिकरणबाट बेतलबी बिदामा राम्रै सुविधा लिनेगरी गएका थिए ।

एमसिसीको नेपाल अफिस एमसीए नेपालले प्राधिकरणबाट राजिनामा नगरेको अवस्थामा उपकार्यकारी निर्देशक बनाउन नमिल्ने बताउँदा पनि शाक्यले राजिनामा नदिई बेतलबी बिदामा झण्डै दुई वर्ष उप कार्यकारी निर्देशक चलाएर अहिले आफू प्राधिकरण निर्देशकको लागि तयार भएको संकेत दिएका हुन् ।

त्यतिबेला लोकसेवाका प्रतिनिधिले समेत उनलाई बिदामा एमसिए नेपाल जान मिल्ने र प्राधिकरणको जागिर छाड्नुनपर्ने उपाय सुल्झाइदिएको बताइन्छ । सोहीबमोजिम शाक्यले दुई वर्ष एमसिए नेपालमा प्रोजेक्ट डेलिभरी उपनिर्देशक भएर काम गरेका हुन् ।

तर, प्राप्त विवरण अनुसार शाक्यले प्राधिकरणमा राजिनामा नदिई एमसिएमा उपनिर्देशकको जागिर खानुलाई स्वयम् एमसीए नेपालको बोर्ड बैठकले नियम विपरित भनेको अवस्थामा उनी त्यहिँ रहनुलाई रहस्यमय ठानिएको छ । एमसिए नेपाल बोर्डको २०७५ माघ २५ गते बसेको (सन् २०१९) आठौं बैठकले उपकार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले त्यसअघिको सहमतिबमोजिमको तलब प्राप्त गर्न नेपाल विद्युत प्राधिकरणबाट राजिनामा दिनुपर्ने स्पष्ट निर्णय गरेको थियो ।

एमसिए नेपाल बोर्डले गरेको उक्त निर्णयपछि पनि शाक्यले राजिनामा नदिई प्रोजेक्ट डेलिभरी उपनिर्देशक भएर काम गर्नुलाई रहस्यमय ठानिएको छ । शाक्य नेपाल विद्युत प्राधिकरणमा उपप्रबन्ध निर्देशक र मातहतको नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनीको प्रबन्ध निर्देशक छँदै एमसिए नेपालमा गएका हुन् ।

हुनतः एमसिसी सहयोग परियोजनाको मुख्य काम भनेको विद्युत प्रशारण लाइन हो । उच्च राजनीतिक पहुँचको कारण प्राधिकरणबाट राजिनामा नदिई बेतलबी बिदामा गएर परियोजनामा काम गरेकाले पनि सरकारले शाक्यलाई प्राधिकरणको सम्भावित कार्यकारी निर्देशकको बारेमा अघि सार्न खोजेको हुनसक्ने अनुमान गरिएको छ । चर्को विवाद भएको एमसीसीको बारेमा सम्भवतः सरकारको पक्षमा बोल्ने र गर्ने सबैभन्दा ‘अच्छा मान्छे’ हुने भएकाले पनि शाक्य रोजाईमा परेको विश्लेषकहरु बताउँछन् ।

अहिले कुलमान घिसिङ्गको पुनः नियुक्तिमा बालुवाटार यति धेरै नाराज हुनुपर्नेमा हितेन्द्र शाक्यको एमसिसी अनुभवले काम गरेको आशंका गरिएको छ । एमसिसी परियोजनाले वरिष्ठ कर्मचारीको विज्ञापन गर्दा तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री अन्तर्वार्ता लिनेमध्येका एक थिए ।

अन्तर्वार्तामा क्षेत्रीले एमसिसीमा काम गर्दा प्राधिकरणबाट राजिनामा दिनुपर्ने हुन्छ नि ? भनेर सोध्दा आफूले सकेसम्म बेतलबी बिदा लिएर काम गर्ने बताएका थिए ।

नेपालका सन्दर्भमा अमेरिकी एमसिसी सहयोग परियोजनाको यौटा मुख्य काम भनेको भारतसम्म विद्युत प्रशारण लाइन बिस्तार पनि हो । एमसिसी परियोजनामा काम गरेकाले शाक्य एमसिसीको बारेमा सरकारको पक्षमा बोल्ने सबैभन्दा अच्छा मान्छे हुने नै भए । जनआस्था साप्ताहिक

WRITE COMMENTS FOR THIS ARTICLE