शिक्षा सेवा आयोगको काम ठप्प, १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकियो
१४ चैत
काठमाडौँ – सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पूर्ण काम ठप्प छ।
पदाधिकारी नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्मका करिब १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकिएको छ। दुई हजार सात सय शिक्षक बढुवा हुन पाएका छैनन्। आयोगका अनुसार रिक्त भएका शिक्षक अधिकांश प्राथमिक तह छन् ।शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले भने, “दैनिक प्रशासनिक काममा मात्र व्यस्त हुँदै आएका छौँ।” नियुक्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र वितरणका कार्य ठप्प भइदिँदा आयोगका कर्मचारी फुर्सदिला बनेका छन्। गोरखापत्रमा खबर छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE