विभिन्न प्रयोजनका लागि लगिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
विभिन्न प्रयोजनका लागि लगिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
१२ जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयका एक सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढेको बताइएको छ ।
उक्त सूचनामा, ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ।’ भनिएको छ ।
सूचनामा अक्सिजन सिलिण्डर थन्किएर बसेमा अस्पतालमा रहेका सघन उपचाररत सङ्क्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ । महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्द गर्न र गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत सूचित गरिएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE