Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

समाजवादलाई मजबुद बनाउन कांग्रेस प्रतिबद्ध : प्रधानमन्त्री

७ अश्विन, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभएको हो ।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुहुँदै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE