प्रधानमन्त्री ओलीको विरोध गर्ने बाबुराम भट्टराईले नै ‘रअ’ प्रमुख गोयललाई भेटे !
कात्तिक ११
काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई अँध्यारो कोठामा भेटेको भन्दै प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भेट गरेको खुलेको छ ।
भारतीय सञ्चारमाध्यमले लेखेअनुसार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालमा नेता भट्टराईले पनि रअ प्रमुख गोयलसँग भेटवार्ता गर्नुभएको हो ।
भारतीय अनलाइन पत्रिका ‘दि प्रिन्ट’मा ज्योति मलहोत्राले एक लेख लेख्दै गोयलले प्रधानमन्त्री ओलीका अतिरिक्त नेता भट्टराईसँग पनि भेटवार्ता गरेको दावी गर्नुभएको हो ।
मलहोत्राले त भट्टराईलाई कोरोना पोजेटिभ देखिएकाले रअ प्रमुख गोयल पनि कन्ट्याक्ट ट्रेसिङमा परेको हुनसक्ने उल्लेख गर्नुभएको छ । गत बुधबार भारतीय एयरफोर्सको विशेष विमानबाट काठमाडौं आउनु भएका गोयलले प्रधानमन्त्री ओलीसँग करिब दुई घण्टा एक्लै प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरी बिहीबार फर्कनुभएको थियो ।
प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादाविपरीत जासूसी सस्थाका प्रमुखसँग भेट गरेको भन्दै आलोचना भइरहेका बेला अर्का नेता भट्टराईले पनि भेट गरेको भारतीय पत्रिकामै छापिएको हो । तर, भट्टराईका सहयोगी विश्वदिप पाण्डेले भने रअ प्रमुखसँग भेट गरेको भन्ने खबर असत्य रहेको ट्वीटरमा लेख्दै प्रष्टीकरण दिनुभएको छ ।
As a press adviser of former PM Dr @brb1954, I would like to condemn this report by @jamalhotra on Print. @brb1954 didn't meet RAW chief Goel during his recent visit to Nepal. Hence, would like to request concerned reporter and news agency to rectify the news report accordingly. https://t.co/NywVrYp3uM
— Bishwadeep Pandey (@BishwadeepP) October 27, 2020
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE