मार्टिनेजको उत्कृष्ट पेनाल्टी सेभले अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, फाइनलमा ब्राजिलसँग भिड्ने
२३ असार, काठमाडौं– पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा भीडन्त पक्का गरेको छ।
आज विहान सकिएको कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सेमिफइनलमा जित निकालेसँगै अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ।
आजको खेलमा निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
आजको खेलका नायक अर्जेन्टिनी किपर इमिलियो मार्टिनेजले पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई विफल पारेका थिए। कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके।
यता अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गरे । डि पाउलको पेनाल्टी भने हावामा उडेको थियो ।
खेलका दौरान अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले सातौं मिनेटमा गोल गरे। कप्तान लिओलन मेसीले पेनाल्टी एरियामा दिएको पासमा मार्टिनेजले गोल गरेका थिए।
यसैगरी खेलको ६१ औँ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो। डियासले कार्डोनाले दिएको पासमा गोल गर्दै कोलम्बियाले खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE