Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य

१८ साउन, काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।

सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेशको विकास र प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ ।

यो सम्झौताले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्न, व्यवसाय गर्न महासंघ र स्थानीय निकायले सघाउने भएका छन् । युवा उद्यमीलाई सघाउन र प्रोत्साहित गर्न महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय निकायले आफ्नो कार्यक्रम अनुसार बजेट तथा सेवाहरु उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

महासंघसँग रहेको ज्ञान, अनुभव, सीपलाई साटासाट गर्दै त्यसलाई अझ बढी व्यवस्थित गर्दै उद्यमशीलता विकासका साथै पालिकाहरुलाई आत्मनिर्भर पालिका बनाउने लक्ष्यका साथै अगाडि बढ्ने महासंघले जनाएको छ ।

आफ्नो पालिकाको भूगोलभित्र रहेका सम्पूर्ण जनताको जीवनस्तर माथि उठाउन, आत्मनिर्भर बनाउने, कर्तव्य रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले आफुहरुले यो आग्रह गर्दै आएको बताउनुभयो ।

हाम्रो अभियानको मुख्य उद्देश्य भनेकै हामीसँग रहेका उद्यमशीलताका विज्ञहरुलाई पालिकासँग जोडिदिन्छौं र उद्यमशीलता र औद्योगिकरणमा सघाउने सम्झौताको उद्देश्य हो ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राई र महासंघका अध्यक्ष श्याम गिरीबीच हस्ताक्षर भएको थियो ।

केरावारी गाउँपालिकासँग पनि हस्ताक्षर गर्ने कार्यक्रम भएतापनि अध्यक्ष रोहित कुमार कार्की मन्त्रालयको कामको व्यवस्तताले उपस्थित हुन नसक्नु भएकोले उहाँसँग पछि सहमती पत्रमा हस्ताक्षर गर्ने सल्लाह भएको महासंघले जनाएको छ ।

स्थानीय तहसँगको सहमती अनुसार तत नगरपालिकारगाउँपालिका र महासंघले आ–आफुसँग भएको स्रोत, साधन र क्षमताको अधिकतम प्रयोग गर्दै उद्यमशीलता विकास गरी स्थानीय उद्योग व्यवसाय प्रबद्र्घन र स्तरोन्नति गर्ने र नविनतम सोचमा आधारीत उद्यम व्यवसाय शुरुवात र प्रबद्र्घन गराउने महासंघका अध्यक्ष श्याम गिरीले बताउनुभयो ।

सम्झौता कार्यन्वयन गर्न महासंघको केन्द्रिय टोलिले यसबारेको अवधारणा पत्र सहित छिट्टै यि पालिकाहरुको भ्रमण गर्ने जनाइएको छ । यी परियोजनाहरु कार्यान्वयन गर्ने मोडालिटिको बारेमा महासंघका सम्बन्धित नगर समिति र नगर महिला उद्यमी समिति, जिल्ला समिती मोरङ र जिल्ला महिला उद्यमी समिति तथा १ नं प्रदेश प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिसँग संयुक्त छलफल गर्ने छ ।

सम्झौता अनुसार स्टार्टअप विजनेश गर्न चाहनेलाई सरकारले घोषणा गरेको कर्जा लगानी सहजीकरणका लागि दुबै पक्षले कार्य गर्ने भएका छन् भने महिला, युवा तथा कृषि उद्यमीका लागि सरकारले उपलब्ध गराउने घोषणा गरेको सहुलियतपूर्ण कर्जा तथा पुनकर्जा प्राप्तिका लागि दुबै पक्षले सहजीकरण गर्ने भएका छन् ।

महासंघ र नगरपालिकाले सञ्चालन गर्ने महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप विजनेशसँग सम्बन्धित कार्यक्रमहरुमा एकले अर्कोलाई अनिवार्य सहभागी गराउने भएको छ भने विभिन्न निकायमा यससँग सम्बन्धित आयोजना, परियोजना र कार्यक्रमहरु प्रस्ताव गर्दा एकले अर्कोको सहभागिता र साझेदारीलाई सुनिश्चितता प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE