Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ९ श्रावन
शुक्रबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका……११ कि ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । मृतक मुटुको रोगी थिइन् । केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् र साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार गण्डक कोरोना अस्पतालमा सारिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । शुक्रबार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ८७ नमुना मध्य १ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३ सस ७४ पुगेको छ । उनीहरुमध्ये ९ सय ४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
आज देशभर १ सय ७ जना कोरोना मुक्त, कति नयाँ संक्रमित थपिए ?

WRITE COMMENTS FOR THIS ARTICLE