Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेताको दबाब

काठमाडौं – ठगीका उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् ।

करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन् ।

हालै विभागले सूचना नै जारी गरेर उजुरी फर्छ्यौट गर्न निर्देशन दिएको छ ।

पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानूनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE