कोरोनामुक्त हुने बढे
८ जेठ, काठमाडौँ – कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६ सय ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८ सय ९० रहेको छ । एक दिनअघि बिहीबार छ हजार ५ सय ४३ जना सङ्क्रमित निको भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४ सय ७ जना र ८ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६ सय ७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ भने तीन लाख ७४ हजार ८ सय ३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८ सय ९० रहेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE