Date
शुक्र, माघ ४, २०८१
Fri, January 17, 2025

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास

२९ जेठ, काठमाडौँ – बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । नेकपा एमालेको दुवै पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् ।

नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । यससँगै बागमती  प्रदेश सरकारको चौंथो नीति तथा कार्यक्रम बहुमतले पास भएको छ ।

यसअघि आजै बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

बागमतीमा हाल सभामुखसहित १०९ सांसद मध्ये ५६ जना नेकपा एमालेका रहेका छन् ।  प्रदेशसभामा अब असार एक गते बजेट आउने छ । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE