Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

विश्वकप क्रिकेटः पहिलो खेलमा इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य

सवाल सम्वाददाता 
बाग्मती- विश्वकप क्रिकेटमा आज उद्घाटन खेलमा टसहारेर पहिले व्याटीङ गरेको इंग्ल्यान्डले दक्षिण अफ्रिका सामु ३ साय १२ रनको लक्ष प्रस्तुत गरेको छ । इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको हो । इंग्ल्यान्डका अलराउण्डर व्याट्समेन वेन स्टोकले सर्वाधिक  ८९  रन बनाए । उनले ७९ बल खेलेका थिए । ओपन जेसन रोयले ५५ रन, आईपीयलको यो सिजनमा राम्रो फर्ममा भएका जोनी बैरस्टो शुन्य रनमा आउट भए । जो रुटले ५१ रन बनाउँदा कप्तान इन मोर्गनले ५७ रनको योगदान दिए । जोस बटलर १८ रन, मोइन अलीले ३ रन, क्रिस वोकस १३ रन, लियाम प्लुंकेटले ९ रन र जोफ्रा आर्चरले ७ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका वलर लुन्गी इगिडीले सर्वाधिक ३ विकेट निकाले भने इमरान ताहिर र कागिसो रवडाले समान २÷२ विकेट निकोलेका छन्  ।  एन्डिल फेहलुकवाओले १ विकेट निकाले छन् ।

यो विश्वकपमा पहिला खेलहरु लिगम्याच हुने र सवै टीमले सवै टीम सँग खेल्नु पने छ । प्वइन्ट डेवुलमा शिर्ष चार स्थानमा भएका टीमले सेमिफाईनल खेल खेल्ने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE