Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

तश्विरमा हेर्नुहोस् भुकम्प पछिकोे चागुनारायण

बाग्मती – नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायणमा छ।

भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ ।  काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।तेलकोट भन्ज्याङ्ग(तेलकोट डाँडा(चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो ्र यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो, समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ ।

यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ, मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन्, दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन्, प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE