Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संसद विघटनस मुद्दाः सरकार पक्षको बहस सकिँदै, सभामुख पक्षकाको बहस सुरु हुने

संसद विघटनस मुद्दाः सरकार पक्षको बहस सकिँदै, सभामुख पक्षकाको बहस सुरु हुने

१८ असार, काठमाडौं– संसद विघटन सम्बन्धी रिटमा सरकार पक्षकाको बहस आज सकिदैँछ ।

सोमबारदेखि सुरु भएको सरकार पक्षको बहस आज चियासत्र अघि सकिदैछ । महान्यायाधीवक्ता रमेश बडालदेखि सुरु भएको बहस आज सकिन लागेको हो ।

सरकार पक्षको बहसका लागि इजलासले १५ घण्टा समय दिएको थियो । उक्त १५ घण्टाको समयमा सरकारी पक्षका सभामुख बाहेकाका कानुन व्यवसायीलाई १४ घण्टाको समय छुट्याइएको थियो ।

इजलासले छुट्याएको अवधिमा अहिलेसम्मको समय सकिदा महान्यायाधिवक्ता रमेश बडाल नायब महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, विश्वराज कोइराल, टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गरेका छन् । त्यस्तै सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी लगायतले बहस गरेका छन् । यसैगरी प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट नीजि कानून व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, बिजयकान्त मैनाली, अग्नि खरेल लगायतले बहस गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपति तथा सरकारका अन्य पक्षको बहस सकिएसँगै सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । मुद्दामा विपक्षी बनाइयता पनि सभामुख पक्षका कानुन व्यवसायीले रिटको पक्षमा बहस गर्नेछन् ।

रिटमा सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपानेले बहस गर्ने बताइएको छ ।

यस्तै अधिवक्ताद्वय मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले पनि सभामुखको तर्फबाट बहस गर्नेछन् । संवैधानिक इजलासले सभामुख पक्षलाई दिएको १ घण्टामा आवश्यकता परे थप गरिदिने तयारी गरेको छ।

सभामुख पक्षको बहसपछि रिट निवेदक पक्षले ३ घण्टा जवाफी बहस गर्नेछ । जवाफी बहसपछि एमिकस क्यूरीका ४ जना सदस्यले बहसमा आफ्नो राय दिनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE