जाजरकोटको सडक डिभिजन रुकुममा
२५ असार काठमाडौँ -चार जिल्लाको काम गर्ने गरि जाजरकोटमा तोकिएको सडक डिभिजन कार्यालय पश्चिम रुकुमको चौरजहारीमा कायम भएको छ । नेताहरुको उदासिनताका कारण संघिय सरकारले जाजरकोट तोकेको कार्यालय समेत चौरजहारी सरेको हो । जाजरकोटका नेताहरुको उदासिनताको फाइदा उठाउँदै पश्चिम रुकुमका नेताहरुको दवावमा चौरजहारीमा नै स्थायी रुपमा सडक डिभिजनको कार्यालय कायम भएको हो ।
यस अघि चौरजहारीमा रहेपनि जाजरकोट भनिदै आएको सडक डिभिजन कार्यालय अव देखि स्थायी रुपमै चौरजहारीमै राख्ने निर्णय भएको सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त डिभिजन प्रमुख धुव्रकुमार झाले बताए ।
कुनै समय जाजरकोटको भेरी नगरपालिका बोहरागाँउमा स्थापना भएको सडक डिभिजन कार्यालय केही समय बसेर चौरजहारी सरेको थियो । अहिले पनि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तरगतका रातो कितावमा चारै जिल्लाका आयोजनाको अख्तियारी जिल्ला भनेर जाजरकोट नै तोकिएको छ ।
जाजरकोट, पश्चिम रुकुम, पुर्वी रुकुम र डोल्पा जिल्लामा पर्ने आयोजनाहरु यही कार्यालयले हेर्ने गरेको छ । चारै जिल्लाको विच भाग सेन्टरमा पर्ने भएकोले जाजरकोट तोकिएपनि राजनैतिक खिचातानीका कारण स्थायीत्व पाउृन सकेन । डिभिजन कार्यालय जिल्लामा नहुँदा कार्यालय सँगको पहुँच टाढा भएको छ भने आयोजना छनौट, मर्मत लगायतमा समेत जिल्लाको प्रभाव विस्तारै घट्दै जाने स्थानियको बुझाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE