उपत्यकामा निषेधाज्ञाबारे निर्णय लिन सीडीओहरुको बैठक बस्ने तयारी, अझ खुकुलो हुने
उपत्यकामा निषेधाज्ञाबारे निर्णय लिन सीडीओहरुको बैठक बस्ने तयारी, अझ खुकुलो हुने
२० असार, काठमाडौं– उपत्यकाको निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ ।
अघिल्लो पटक निषेधाज्ञा थप्दा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चल्ने गरी खुकुलो बनाएको प्रशासनले यसपटक अझ खुकुलो बनाउने तयारी रहेको बताएको छ ।
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी रहेको छ ।
निषेधाज्ञा लम्ब्याए पनि यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ ।
हाल कायम रहेको निषेधाज्ञा लम्ब्याउन सम्भव भएसम्म आज नभए भोली बिहान सम्ममा बैठक बस्ने गरी निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
उपत्यकाका तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ भन्दा बढी सिट क्षमताका सार्वजनिक सवारी साधनहरु जोर–बिजोरको आधारमा चलाउन दिने निर्णय गरेको थियो ।
कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले उपत्यकामा गत वैशाख १६ देखि संक्रमणका आधारमा चरणवद्ध रुपमा निषेधाज्ञामा कडाइ र खुकुलो पारिदैँ आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE