Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सर्वोच्चले दियो कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश

सर्वोच्चले दियो कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश

२० जेठ, काठमाडौं– कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको खोप लगाइदिन सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चमा अधिवक्ता उमेश प्रसादले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सुष्मालता माथेमाको एकल इजलासले ७५० कानुन व्यवसायीलाई दोस्रो डोज खोप पनि लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

पहिलो डोज खोप लगाएका व्यक्तिले दोस्रो डोज खोप समयमै नलगाएमा पहिलो डोजको प्रभावकारीता समाप्त हुने भएकाले समयभित्रै खोप लगाइदिन आदेशमा भनिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE