एएफसी यू-२० कप : भुटानसँग हार्यो नेपाल
काठमाडौं – बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले भुटानसँग २-० गोलको हार व्यहोरेको हो ।
भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे ।
खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा एक एक गोल गर्यो ।
खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानलाई २-० को जित दिलाए ।
खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE