Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

स्वाथ्य मन्त्रालयले भन्योः तेस्रो लहर चुनैतीपूर्ण हुनसक्छ, बेड र अक्सिजन व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन

स्वाथ्य मन्त्रालयले भन्योः तेस्रो लहर चुनैतीपूर्ण हुनसक्छ, बेड र अक्सिजन व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन

७ साउन, काठमाडौं– नेपालमा कोरोना संक्रमण दर फेरी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो।

मन्त्रालयले विज्ञप्तीमार्फत अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन समेत विज्ञप्तीमार्फत भनेको छ ।

विज्ञप्तीमा निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भइरहेकोले कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख छ ।

अहिले नेपालका १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ । त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ’ मन्त्रालयले भनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE