Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

छाडा गीतसंगीतलाई कानुनी कारवाही गर्ने चेतावनी

१८ श्रावण, काठमाडौँ
पछिल्लो समय गित संगितको नाममा बढदै गएको छाडापन नियन्त्रण गर्न लोक ताथा दोहोरी गित प्रतिष्ठान नेपालले विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ । विभिन्न छाडा, द्विअर्थी तथा समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा हुन थालेको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अपाच्य, द्विअर्थी शब्द, सामाग्री प्रयोग गर्ने श्रष्ठा, सर्जक र कलाकारलाई कालोसूचीमा नामाङ्कन गरेर प्रतिष्ठानको सेवा सुविधा र गतिविधिबाट बञ्चित गर्ने निर्णाय गरेको हो । प्रतिष्ठाले गितसंगितमा हुने विकृति विसंगती न्यूनीकरण गर्नका लागि एक कार्यदल गठन गरि सो निणर्य गरेको विज्ञप्तीमा जनाएको छ ।
शिव हमालको संयोजगत्वमा विकृति विसंगती न्यूनिकरण कार्यदल गठन गर्दै गीतसंगीत निकाल्ने संस्था तथा गायक गायिकासँग छलफल गर्ने निर्णय समेत प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ, ‘अपाच्य शब्द गाएर क्षणिक चर्चामा आउन चाहेका कलाकार होइनन्, उनीहरु व्यापारी हुन् । जो व्यापार गर्न आएका हुन् । जसले गर्दा भोलीका पिँढीले नेपाली लोकगीतसंगीत नै विर्सने अवस्था आउन लागेको छ । यसले गर्दा यस्ता खालका गीतहरु रोक्नका लागि पहल गरेका हौँ ।’
कलाकारले विकृति तथा अपाच्य शब्दका गीत बजारमा ल्याए प्रतिलिपि अधिकार रजिस्टार कार्यालयसँग छलफल गर्दै कानुनी कारबाहीमा जाने समेत चेतावनी प्रतिष्ठानले दिएको छ । कलाकार समाजको आदर्श भएकोले आफ्नो हरेक कृयाकलाप समाजलाई ध्यानमा राखेर गर्नुपर्ने भन्दै प्रतिष्ठानले आजको कर्म र कृतिले भोली पश्चताव हुनेबाट बच्न समेत सजक रहन आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE