प्रदेश २ मा कांग्रेस सरकारमा सहभागी , मन्त्रीले आजै शपथ लिने
२६ जेठ, काठमाडौँ – नेपली कांग्रेस प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिनुभएको हो ।
कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेभएको छ ।
तीनै जना मन्त्रीले बुधबार नै सपथ लिनेभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE