अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार
२१ फागुन
काठमाडौँ – रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ । रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्या गर्न पुगेका पौडेललाई ढुंगा प्रहार गरेको हो ।
मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । उनीहरुले हिजो नै मञ्च भत्काएका थिए । ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE