अब इन्स्टाग्राममा लाइक लुकाउन सकिने
१३ जेठ, एजेन्सी – इन्स्टाग्रामले लाइक लुकाउन मिल्ने फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
यो फिचर एपले दुई वर्षदेखि परिक्षण गर्दै आइरहेको थियो । यो फिचरले अब सबै प्रयोगकर्ताहरुलाई लाइक लुकाउन दिने भएको छ । आफूले चाहेमा मात्र लाइक लुकाउन सकिने विल्कप इन्स्टाग्रामले उपलब्ध गराएको छ ।
प्रयोगकर्ताले म्यानुअल्ली यो फिचरलाई सेटिङगमा गएर सुचारु गरेमा मात्रै उपयोग गर्न पाउनेछन् । यो फिचरले गर्दा प्रयोगकर्ताले आफ्नो पोस्टमा लाइक लुकाउन सक्छन् र आफ्नो फिडमा आएको पोस्टहरुको पनि लाइक लुकाउन सक्छन् ।
लाइक लुकाएता पनि पोस्टमा कोकोले अन्र्तक्रिया गरिरहेका छन् भनेर हेर्न सकिन्छ । लाइक देखाउन बन्द गरेपछि प्रयोगकर्ताहरुमा लाइक तुलना गरेर नकारत्मक प्रभाव पर्न कम हुने एपले विश्वास गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE