Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

कांग्रेस मुख्यालयमा हात हालाहालकाे स्थिति, उप सभापति निधि र सहमहामन्त्री महत विद्यार्थीमाथि जाइलागे

यहाँ हैन अलि पर तल बस् भन्दै विद्यार्थी नेताहरुलाई बलजफ्ती धकेलेको नेविसंघकाे आराेप

काठमाडौँ- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच हातहालाहालको स्थिति सृजना भएको छ । नेपाल विद्यार्थी संघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई स्वतः केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले आफ्नो निजि सुरक्षाकर्मीको वलमा लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिती उत्पन्न भएको हो ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी तथा सहमहामन्त्री प्रकाश शरण महत पार्टी कार्यलयको प्रवेशद्धारमै धर्नामा बसेका विद्यार्थीको भीड छिचोल्दै बल्लतल्ल भित्र गएका थिए । उनीहरुले केहि समयमा पुनः फर्केर यहाँ हैन अलि पर तल बस् भन्दै विद्यार्थी नेताहरुलाई बलजफ्ती धकेलेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले नाराबाजी गर्दै उक्त आदेश नमानेपछि झडपको स्थित उत्पन्न भएको हो र धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्ताङ मियाँलाई विमलेन्द्र निधीका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित विद्यार्थीहरुले निरंकुश नेतृत्व चाहिँदैन विद्यार्थी माथी अभद्र व्यवहार गर्न पाइदैन, भन्दै नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र निधीले धर्नामा रहेको विद्यार्थीहरुलाई धकेलेको ढुंगेलले जानकारी गराउनुभयो । त्यस्तै सह९महामन्त्री प्रकाश शरण महतले विद्यार्थी नेताहरुलाई औंला ठडाउँदै कारबाही गर्ने धम्की दिएको नेता निरन्जन थापाले जानकारी दिनुभयो।

झडपको विषयमा डा।महतसँग सम्पर्क गर्दा हात हालाहालको स्थिती नभएको र विधान अनुसार नै पार्टी चल्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हल्लाको पछाडी नकुद्नुस् ।’नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केहीदिनअगाडी राजिनामा दिनुभएको थियो ।

महरको राजिनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ । यसअघि नेविसंघमा ३२ वर्षे उमेरहद लागु गर्ने प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाश मान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुन नर्सिङ केसिले नोट अफ डिसेन्ट लेख्दा लेख्दै संस्थापन पक्षले बहुमतको आडमा उक्त प्रस्ताव पास गरेको थियो । अब नेविसंघको नेतृत्वका बिषयमा पार्टी केन्द्रिय समितिले निर्णय गर्ने भएतापनि तदर्थ समिति ३२ माथीको आउनसक्ने चर्चासँगै नेविसंघमा तिब्र धुर्विकरण बढेको छ ।

केहीदिनदेखी ३२ वर्ष मुनीको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेता कार्यकर्ता पार्टी केन्द्रिय कार्यालयमा धर्नामा रहेका छन् । आफ्नो मागबारे नेतालाई राम्रो जानकारी होस् भनी विद्यार्थीहरुले उपसभापति निधि, बरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री महत , पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगाएत केन्द्रिय नेताहरुलाई घेर्दै नाराबाजी गरेका थिए । साथै विधान अनुरुप पार्टी चल्नुपर्छ भन्ने माग राख्दै आएका विद्यार्थीहरुमाथी नेताहरु नै जाईलाग्नु निन्दनिय भएको र विधानअनुसार पार्टी नचलेसम्म धर्ना जारी रहने निवर्तमान केन्द्रीय सदस्य ढुंगेलले बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE