चुनावको मिति तोक्नु गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च : भट्टराई
८ जेठ, काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि चुनावको मिति तोक्नु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको दाबी गर्नुभएको छ ।
शुक्रबार राति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन घोषणा गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते हुनेगरी मध्यावधि चुनाव मिति तोक्नुभएको छ। भट्टराईले सरकार र राष्ट्रपतिको पछिल्लो कदमको प्रतिवाद गर्नुभएको हो ।
विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेख्नुभएको छ, ‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो(त्यसैको कडी हो यो ओली(विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो। एकजुट होऔँ, प्रतिवाद गरौं !’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE