नेकपाका दुवै समुह संसद बैठकमा एकै लहरमा बस्ने
२३ फागुन
काठमाडौं – नेकपाका दुवै समुह, ओली समुह र दाहाल–नेपाल (समुह) का सांसदहरु आइतबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षकै लहरमा बस्नुपर्ने भएको छ ।
आइतबार संसद सचिवालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले सत्तारुढ नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्नुपर्ने जानकारी दिनु भयो । निर्वाचन आयोगबाट पार्टी विभाजनको आधिकारिक पत्र नआईसकेकोले नेकपाका दुवै पक्ष सत्ता पक्ष कै लहरमा बस्ने व्यवस्था गरिएको प्रवक्ता पाण्डेको भनाई रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE