३ अर्ब लागतमा निर्माण गरिने अन्तर्राट्रिय क्रिकेट रंगशाला अढाई वर्षमा वर्षमा हस्तान्तरण गरिने
सवाल सम्वाददाता
काठमाडौँ-धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराइएको हो ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल (धुर्मुस)ले बताए ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् ।
रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने फाउण्डेसनका प्रमुख धुर्मुसले बताएका छन् । साथै उनले आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गरि रङ्गशाला निर्माण गरिने बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE