नेपालमा नयाँ म्युटेसन भएको कोरोना भाइरस पुष्टि
नेपालमा नयाँ म्युटेसन भएको कोरोना भाइरस पुष्टि
७ असार, काठमाडौं– नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
नयाँ भेरियन्ट हालको डेल्टा भेरियन्टकै उत्परिवर्तन भएको मन्त्रलयले जनाएको छ ।
नयाँ म्युटेट भएको भाइरस हालसम्म १० वटा भन्दा बढी देशमा भेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तीमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट’ पुष्टि भएको बताइएको छ ।
अहिले भेटिएको भेरयन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनहरुमा पाइएको मन्त्रालयको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम दिइएको छ ।
मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE