Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

जसपाको कार्यकारिणी समितिमा महन्थको भन्दा उपेन्द्रको पक्षमा दोब्बरभन्दा बढी सदस्य

जसपाको कार्यकारिणी समितिमा महन्थको भन्दा उपेन्द्रको पक्षमा दोब्बरभन्दा बढी सदस्य

११ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको समर्थन बलियो देखिएको छ । समितिमा महन्थ पक्षको तुलनामा यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएको हो ।

सोमबार निर्वाचन आयोगले सोमबार सनाखतका लागि बोलाएको जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपेन्द्रको पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका हुन् ।

आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।

यस्तै, महन्थ ठाकुरको पक्षमा भने १६ जनामात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे ।

WRITE COMMENTS FOR THIS ARTICLE