Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १४ औं महाधिवेशनबारे निर्णय लिइने

३ असार, काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न विहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE