रवि लामिछानेले नयाँ टिभीमा ‘सिधाकुरा’ चलाउने
११ फागुन
काठमाडौँ-सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा लिएर आउने बताउनु भएको छ ।
मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
उहाँले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गर्नुभएको थियो । अब नयाँ टेलिभिजनमा सिधा कुरा‘ सार्वजनिक गर्नुभएको छ ।
आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्र्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उहाँले अब सिधा कुरा‘ राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताउनुभयो । त्यस्तै उहाँले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्नुहुने छ ।
यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने प्रस्तोता लामिछानेले बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE