माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार ७२ जना उत्तीर्ण
४ साउन, काठमाडौं– गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र ९लाइसेन्स० परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्।
शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ।
यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ। मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन्। ९६ जनाको परीक्षा रद्ध गरिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE