Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कर्णालीमा थप ११ जनामा कोरोना पुष्टि

८ असोज
काठमाडौँ – कर्णाली प्रदेशमा आज ११ जना कोरोनाभाइरसका नयाँ विरामि थपिएका छन् । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना कोभिड–१९ पोजेटिभ देखिएको हो ।

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको स्वाव परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये दुईजना स्वास्थ्यकर्मी, एकजना कैदीबन्दी, दुईजना बैंकका कर्मचारी, दुईजना शिक्षक रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ  ।

नयाँ संक्रमितमध्ये सल्यान र रुकुम पश्चिमका चार/चारजना, दैलेखका दुईजना र सुर्खेतका एकजना छन् । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८७ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप २० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या २ हाजार ७ सय ५१ पुगेको छ ।

प्रदेशभर हालसम्मा ५ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE