उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउने तयारी
उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउने तयारी
१० जेठ, काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी गरिएको छ । कोरोना संक्रमण अपेक्षित रुपमा नघटेपछि उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो ।
उपत्यकामा यसअघि घोषित निषेधाज्ञा जेठ १३ गते रातिदेखि सकिदैँछ । ‘निषेधाज्ञा गरेपनि संक्रमित संख्या उल्लेख्य नघटेकाले भाल पुनः उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको छलफल हुँदैछ ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
उहाँले निषेधाज्ञाको अवधि एक सातासम्मका लागि छलफल गरिने र निष्कर्षमा पुगिने बताउनुभयो । यो पटकको निषेधाज्ञामा तरकारी पसल पनि बन्द गर्न सकिने उहाँको भनाइ थियो ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा एकैसाथ निषेधाज्ञा गर्ने गरिएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा घरबाट बाहिर निस्के जरिवाना र जेल सजाय हुने कानुनी प्रावधान छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE