ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटीमा रिहा
२१ माघ
काठमाडौं – सरकारी तथा सार्वंजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड धरौटीमा रिहा भएका छन् ।
बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको र उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर पछि रिहा गरिएको विशेष अदालतले जानकारी दिएको छ ।
गुरुङलाई धरौटीमा छाड्न न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले आदेश दिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE