Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना पुष्टि

३१ भाद्र
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना गरी जम्मा ७ सय ३७ जना संक्रमित थपिएका हुन् ।

मंगलबार काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६ सय ७६ जना संक्रमित थपिएका थिए । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित कोरोना अपडेटमा उक्त जानकारी दिनुभएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३ सय ७९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE