लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
१६ बैशाख, काठमाडौँ – लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार जना प्रदेश सभा सदस्यबाट मुक्त भएका छन्।
सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएका हुन्।
जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएका छन्।
हाल प्रदेश सभा बैठक नभएको हुनाले उनीहरुलाई पदमुक्त गरिएको सूचना टाँस गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ४ सांसद मन्त्री बनेका थिए।
मन्त्री बनेका ३ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE