Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठलाई कोरोना संक्रमण

९ जेठ, रामेछाप – दोरम्बा गाउँपालिकाका ,२ का वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाइ रुघा खोकी लाग्ने समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

वडाअध्यक्ष श्रेष्ठ दोस्रो चरण कोरोना लहर सुरु भएपछि जनता सेवाको लागि अस्पतालमा स्वास्थ्य सामाग्री तथा आइसोलेसन बेडहरु बनाउन व्यस्त थिए ।

आफूलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि तेस्रो पटक  पीसीआर परीक्षण गराउदा संक्रमण पुष्टि भएको वडा अध्यक्षले सवाल मिडियालाई जानकारी दिनुभयो । उहाँले अहिले आफ्नो स्वास्थ्य अवस्था टाउको दुख्ने, अलि अलि ज्वरो आउने, घाँटी दुख्ने समस्या रहेको बताउनुभयो  ।

साथै उहाँले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई तत्काल पीसीआर परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले कोरोना संक्रमितहरुलाई उच्च मनोबलको साथ खानपिनमा ध्यान दिनआग्रह गर्नुभएको छ ।

आफु पनि छिट्टै कोरोनालाई जितेर जनताको सेवामा फर्किने बताउनुभएको छ । अध्यक्ष  श्रेष्ठ अहिले दोरम्बा प्राथामिक अस्पातल क्वारेन्टाइनमा स्वास्थ्य लाभ लिइरहनुभएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE