
सुनको भाउ ६ सय रुपैयाँले घट्यो

३० माघ
काठमाडौँ – साताको अन्तिम दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ बिहीबारको तुलनामा ६ सय रुपैँयाले घटेर तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो ।
यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE