बंगलादेशमा कोभिड–१९ संक्रमण बढ्यो, कडा ‘लकडाउन’को घोषणा
बंगलादेशमा कोभिड–१९ संक्रमण बढ्यो, कडा ‘लकडाउन’को घोषणा
एजेन्सी– कोरोना भाइरस संक्रमण बढेसँगै बंगलादेशमा बिहिबारदेखि एक साता लकडाउन गरिने भएको छ ।
बंगलादेशमा संक्रमण बढेपछि लकडाउनमा कडाइ गरिएको यो दोस्रोपटक हो ।
यसपटकको लकडाउनको नियम पहिलेको तुलनामा निकै कडा गरिएको छ । लकडाउन उल्लंघन गर्नेलाई यसपटक जेल सजायसम्मको व्यवस्था गरिएको छ ।
पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बंगलादेशका संक्रामक रोग विशेषज्ञ एसएम अलमगिरले, ‘यदि मानिसहरुले नियमको पालना गरेनन् र घरमा नै बसेनन् भने यो लहरमा बंगलादेशको अवस्था भयावह हुन सक्छ । यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको छ र यसपटक धेरै मानिसको मृत्यु भइरहेको छ ।’ भने ।
हालसम्म बंगलादेशमा ५५ लाख मानिसले कोरोनाविरुद्धको खोपको पूरा डोज लगाइसकेका छन् । जसमध्ये ४० लाखले दुवै डोज खोप लगाएका छन् भने १५ लाख मानिसले एक डोज मात्र लगाएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE