एमालेमै बसेर ओलीविरुद्ध लड्छौँ, टेक्ने जमिन हुँदासम्म लडिरहन्छौँ : झाँक्री
७ बैशाख, काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै बसेर लडिरहने बताउनु भएको छ । एमाले माधव नेपाल समूहको आकस्मिक बैठक स्थल बाहिर पत्रकारहरुसँग बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध खरो टिप्पणी गर्दै आउनुभएको उहाँले टेक्ने जमिन हुँदासम्म लडिरहने बताउनु भएको हो ।
“अहिले हामी लडिरहेका छौँ। टेक्ने जमिन हुँदासम्म हामी लडिरहनेछौँ”, उहाँले भन्नुभयो । “केपी ओलीले पार्टीमाथि प्रहार गरिरहन्छन् तर हामी लडिरहनेछौँ। हाम्रा लागि पार्टी ठूलो तर सांसद पद त पछि आएको हो, यसको हामीलाई माया छैन ।”
उहाँले आफूहरुले पार्टी नफुटाएको पनि बताउनुभयो । “हामी पार्टीभित्रै संघर्ष गर्छौँ हामी एमाले नै भएर लडिरहन्छौ। कानुनी हिसाबले हामीले पार्टी फुटाएको चिन्नु पर्यो नि ओलीलेु, उहाँले थप्नुभयो, “कारबाहीको लहर चलाएर कम्युनिष्ट आन्दोलन सत्यानाश गर्न खोजेका छन्। पार्टी अध्यक्ष ओलीको कम्युनिष्ट आन्दोलनविरुद्धको चरित्रविरुद्ध हामी लडिरहन्छौँ।”
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE